तत्कालीन इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
gorkhapatraonline.com · Mon Sep 21 10:22:46 GMT 2026

सघन सहरी तथा भवन योजना शाखा धनकुटाका तत्कालीन इन्जिनियर सुमन राईसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार राईसहित लेखा अधिकृत इन्द्रबहादुर कार्की र सव–इन्जिनियर रविन श्रेष्ठविरुद्ध भोजपुर जिल्लास्थित विद्यालयको नयाँ भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानी प्रक्रियामा विभिन्न बहाना गरी दुख हैरानी दिइ सेवाग्राहीसँग घुस माग गरी भ्रष्टाचार गरेको आरोप लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)