मूल्यवृद्धिले न्यून आय भएकालाई जीवन चलाउन चुनौती : सांसद रखाल
nepalnews.com · Mon Sep 21 10:24:16 GMT 2026

काठमाडौं। राष्ट्रियसभाका सदस्यहरुले पछिल्लो समय चामल, दाल र तेललगायतका अत्यावश्यक खाद्य सामग्रीमा निरन्तर भइरहेको मूल्यवृद्धिले न्यून आय भएकालाई दैनिक जीवन चलाउन चुनौती भएको जनाउँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा भाग लिँदै सांसद मीनासिंह रखालले मूल्य वृद्धिले न्यून आय भएकालाई समस्या भइरहेकाले समाधान गर्न माग गरिन्। सदस्य रामकुमारी झाँक्रीले पछिल्ला दिनमा विद्युतीय सवारीको प्रयोग र दुर्घटना बढिरहेकाले त्यस सम्बन्धी स्पष्ट नीति र कानुन आवश्यक रहेको बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)