फिफाबाट एन्फाको गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताए : मन्त्री पोखरेल
barnanmedia.com · Mon Sep 21 10:15:40 GMT 2026
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई गरेको निलम्बन फुकुवाको लागि उच्चस्तरीय पहल भइरहेको बताएका छन् ।
प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन् । उनले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार विधान संशोधन गरी तहगत निर्वाचन गर्न नेपाल खेलकुद परिषद्ले निर्देशन दिएको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)