अमेरिका-चीनबीच ‘एआई संवाद’ को तयारी
barnanmedia.com · Mon Sep 21 10:19:02 GMT 2026

अमेरिका र चीनले कृत्रिम बौद्धिकता (एआई) का सम्भावित जोखिम तथा राष्ट्रिय सुरक्षा चुनौतीबारे नियमित संवाद गर्ने संयन्त्र निर्माणका लागि छलफल गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच यसै साता हुने अपेक्षित शिखर बैठकअघि दुवै देशका आर्थिक अधिकारीबीच भएको वार्तामा यस्तो प्रस्ताव अघि बढेको हो ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ नेतृत्वको टोलीबीच न्युयोर्कस्थित जेपी मोर्गन चेजको मुख्यालयमा करिब आठ घण्टा वार्ता भएको थियो । वार्तापछि बेसेन्टले व्यापार र एआईका विषयमा दुवै पक्षबीच ‘धेरै सफल संवाद’ भएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)