ग्यास किन अभाव भयो ? सरकारको ‘फिसबोन डायग्राम’ विश्लेषणमा देखिए यस्ता कारण
kalakarmi.com · Mon Sep 21 10:30:28 GMT 2026

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले एलपीजी ग्यासको अभावका कारण नागरिकले भोगिरहेको समस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् । सोमवार प्रतिनिधिसभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास अभावको मूल कारण पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको उपकरण ‘फिसबोन डायग्राम’ प्रयोगमा ल्याएको बताए ।
उनले भने, ‘हाम्रा आम नागरिकले एलपीजी ग्यास सिलिन्डरको अभावका कारण भोगिरहनुभएको कठिनाइप्रति सरकार निकै गम्भीर छ र सरकार ग्यास सहितको समस्या समाधानमा निरन्तर लागिरहेको छ । समस्याको मूल कारणहरू पहिचान गर्न मन्त्रालयले प्राविधिक विश्लेषणको एक उपकरण ‘फिसबोन डायग्राम’प्रयोगमा ल्याएको छ । यस विश्लेषणले ग्यास अभावलाई कुनै एउटा कारण वा एउटा निकायको कमजोरीको रूपमा नभई आपूर्ति, पूर्वाधार, आर्थिक नीति तथा कानुन, वितरण, प्रविधि तथा प्रणाली, मानव संसाधन, सामाजिक र अन्तर्राष्ट्रिय पक्ष गरी परस्पर जोडिएको विविध कारकहरूको संयुक्त परिणामको रूपमा देखाएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)