प्रेरक प्रसंग : भित्तालाई एक कप कफी !
nayapatrikadaily.com · Tue Oct 17 00:19:00 GMT 2023
जापानको टोकियो सहरनजिकको एक गाउँ आफ्नो खुसियालीका लागि प्रसिद्ध थियो । एकपटक एक पत्रकार त्यस गाउँको खुसियालीको कारण बुझ्न बिहानै गाउँमा पुगे । गाउँमा उनले एक कफी सप देखे । उनले मनमनै सोचे– यही कफी सपमा चुपचाप बसेर मानिसका गतिविधि नियाल्नुप¥यो । उनी कफी सपको एक कुर्सीमा बसे र एक कप कफी अर्डर गरे ।
कफी सप सहरका रेस्टुरेन्टजस्तै झकिझकाउ देखिन्थ्यो । तर, त्यहाँ आउने मानिसका कतिपय गतिविधि भने उनलाई अनौठा लागे । उनी पसेको केही समयपछि एकजना मानिस त्यहाँ आए । उनले दुई कप कफीको पैसा तिर्दै भने– दुई कप कफी ! एक कप मेरा लागि र एक कप त्यो भित्ताका लागि । पत्रकारले भित्तातिर हेरे, तर त्यहाँ कोही पनि थिएन । वेटरले ती आगन्तुकलाई कफी दिए र कागजको एउटा टुक्रा लिएर त्यही भित्तामा टाँसिदिए । जसमा लेखिएको थियो– एक कप कफी !
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)