पश्चिम एसियामा तनाव बढेपछि ट्रम्प र नेतान्याहू दुवैले भ्रमण छोट्याए
baahrakhari.com · Mon Sep 21 10:30:44 GMT 2026

काठमाडौं । पश्चिम एसियामा तनाव चर्किएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो भ्रमण तालिका छोट्याएका छन् ।
साउदी अरब र यमनका हुथीबीच सैन्य तनाव बढिरहेका बेला ट्रम्प शनिबार क्याम्प डेभिडको बसाइ छोट्याएर वासिङ्टन फर्किएका हुन् । ‘आई२४न्युज’ का अनुसार, नेतान्याहूले पनि आफ्नो आगामी अमेरिका भ्रमण छोट्याएका छन् । अमेरिकी विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका अमेरिकी नागरिकलाई सुरक्षा स्थिति थप बिग्रन सक्ने चेतावनी जारी गरेपछि यी घटनाक्रम भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)