मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

एनआरएनए हङकङमा विभाग

annapurnapost.com · Sun Nov 21 06:37:00 GMT 2021

हङकङ : गैरआवासीय नेपाली संगठन (एनआरएनए) हङकङले युवा तथा महिला विभाग गठन गरेको छ। ‘परिवर्तन युवाको हातमा’ नारालाई आत्मसाथ गर्दै नवनियुक्त अध्यक्ष गोकर्ण ढकालले विभाग गठन गरेका हुन्। ढकालले आफ्नो कार्यकालमा युवाहरूको क्षमता, उर्जाशिलता र कौशललाई भरपुर प्रयोग गर्ने बताए।

कविता गुरुङको नेतृत्वमा १९ सदस्यीय महिला विभाग, असिम राईको नेतृत्वमा १९ सदस्यीय युवा विभाग गठन भएको हो। समितीमा आवद्ध पदाधिकारी तथा सदस्यहरू बैंकिङ, डिजिटल मार्केटिङ, स्पोर्टस, शिक्षण, पाईलटलगायत पेशामा आबद्ध छन्। नेपाल र नेपालीका लागि उत्कृष्ट काम गर्ने नवनियुक्त अध्यक्ष ढकालले प्रतिवद्धता जताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)