दशौँ राष्ट्रिय खेलकुद : कर्णालीमा जिल्ला र प्रदेशस्तरीय छनोटको तालिका सार्वजनिक
ratopati.com · Mon Sep 21 10:32:54 GMT 2026
काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीस्वरूप जिल्ला तथा प्रदेशस्तरीय छनोट प्रतियोगिताको तालिका सार्वजनिक गरिएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को २४औँ बोर्ड बैठकको निर्णयअनुसार छनोट प्रतियोगिता सञ्चालनका लागि खेल तथा जिल्लागत जिम्मेवारी तोकिएको हो ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रवीन्द्र चन्दका अनुसार दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कुल ३२ वटा खेल विधा समावेश गरिएका छन् । तीमध्ये विभिन्न खेलका छनोट प्रतियोगिता असोज पहिलो सातादेखि सुरु हुनेछन् । जिल्ला तहको छनोट प्रतियोगिता भने आगामी असोज १२ देखि २२ गतेसम्म सञ्चालन हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)