कौशल टिम च्याम्पियन
neplays.com · Sun Jun 28 04:25:00 GMT 2026
काठमाडौं । आयोजक कौशल इङलिस बोर्डिङ स्कुलले प्रथम कौशल अन्तरविद्यालय काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
अफिसियलतर्फ च्याम्पियन बनेको कौशलले ७ स्वर्ण, ७ रजत र ४ कांस्य जित्यो । दोश्रो भएको ग्रिन हिल्सले २ स्वर्ण र २ रजत हात पार्यो । तेश्रो स्थानको नागर्जुन भ्याली एकेडेमीले २ स्वर्ण, १ रजत र ३ कांस्य प्राप्त गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)