चुनाव हारेपछि तेह्रथुम लागे भानुभक्त, मोरङ-३ को टिकट राईलाई
onlinekhabar.com · Sat Jan 17 17:50:40 GMT 2026

३ माघ,विराटनगर । एमालेको सुरक्षित क्षेत्र मानिएको मोरङको क्षेत्र नम्बर ३ मा दुई पटक प्रतिस्पर्धा गरेपछि एमाले सचिव तथा पूर्वमन्त्री भानुभक्त ढकाल तेह्रथुम फर्किएका छन् । २०७४ सालमा मोरङ क्षेत्र नम्बर ३ आएका उनले कांग्रेस उम्मेदवार डाक्टर सुनिल शर्मालाई पराजित गरे । २०७९ सालको निर्वाचनमा शर्मासँगै पराजित भएपछि उनी मोरङ क्षेत्र नम्बर ३ जान छाडेका थिए ।
आगामी फागुन २१ को निर्वाचनका लागि उनी तेह्रथुम पुगेका हुन् । उनको स्थानमा एमालेले दीलिप राईलाई टिकट दिएको छ । राई पथरीशनिश्चरे नगरपालिकाका पूर्वप्रमुख हुन् । क्षेत्र नम्बर ३ असुरक्षित देखेपछि उनी तेह्रथुम नै फर्किएको एमाले नेताहरू बताउँछन् । भानुभक्त तेह्रथुमको छथर–५ ओख्रेमा जन्मिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)