प्रभु बैंकद्वारा ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक, ३ करोडसम्म कर्जा पाइने
clickmandu.com · Mon Sep 21 10:37:57 GMT 2026

काठमाडौं । प्रभु बैंकले वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई लक्षित गर्दै ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४’ सार्वजनिक गरेको छ । यस योजनामार्फत प्रवासी नेपालीहरूलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज, प्रतिस्पर्धी तथा सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने मुख्य उद्देश्य बैंकले लिएको छ।
नेपालको अर्थतन्त्रमा विप्रेषण (रेमिट्यान्स) को योगदान सदैव महत्त्वपूर्ण रहँदै आएको छ। विदेशी मुद्रा आर्जन, घरपरिवारको आयस्तर वृद्धि तथा समग्र बैंकिङ प्रणालीमा तरलता अभिवृद्धि गर्न विप्रेषणले खेलेको भूमिकालाई मध्यनजर गर्दै प्रभु बैंकले आफ्नो स्थापनाकालदेखि नै यस कारोबारलाई प्राथमिकता दिँदै आएको जनाएको छ। बैंकले विप्रेषणमार्फत प्राप्त हुने रकमलाई औपचारिक बैंकिङ प्रणालीमा परिचालन गरी निक्षेप विस्तार तथा उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गर्न निरन्तर पहल गरिरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)