सुर्खेतमा खुल्यो एथरको १६औं एक्सपेरियन्स सेन्टर, असोज ११ सम्म विशेष छुट योजना
clickmandu.com · Mon Sep 21 10:39:57 GMT 2026

सुर्खेत । नेपालका लागि एथर एनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले कर्णाली प्रदेशमा विद्युतीय मोबिलिटी विस्तार गर्दै सुर्खेतमा आफ्नो १६औं ‘एथर एक्सपेरियन्स सेन्टर’ सञ्चालनमा ल्याएको छ । वीरेन्द्रनगर–१२, एयरपोर्ट चोकमा खुलेको यस नयाँ सेन्टरमार्फत स्थानीय ग्राहकहरूले एथरका अत्याधुनिक विद्युतीय स्कुटर प्रत्यक्ष अवलोकन, टेस्ट राइड तथा खरिद गर्न सक्नेछन् ।
सेन्टरमा एथरको लोकप्रिय ४५० सिरिजका साथै पारिवारिक प्रयोगका लागि उपयुक्त ‘एथर रिज्टा’ सिरिज उपलब्ध छन् । यी स्कुटरहरूमा म्याजिक ट्विस्ट, इन्फिनिट क्रुज र भ्वाइस कमान्डजस्ता अत्याधुनिक फिचरहरू समावेश गरिएका छन् । भरपर्दो सेवाका लागि एथरले ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको एट७०ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ । हाल देशभर एथरका १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ पोइन्टहरू सञ्चालनमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)