मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुई स्वास्थ्य चौकीलाई ज्योति विकास बैंकको बेबी वार्मर सहयोग

abhiyandaily.com

काठमाडौं (अस) । ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका निम्ति स्थापित हाम्रो विकास प्रवर्द्धन कोषमार्फत खोटाङको चिउरीडाँडा स्वास्थ्य चौकी र सिन्धुलीको कल्पवृक्ष स्वास्थ्य चौकीलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा निर्मित बेबी वार्मर उपलब्ध गराएको छ ।

बैंकले यी स्वास्थ्य चौकीलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर उपलब्ध गराएको हो । चिउरी डाँडास्वास्थ्य चौकी परिसरमा आयोजित कार्यक्रममा बैंक सञ्चालक समिति सदस्य तथा हाम्रो विकास प्रवर्द्धन कोष संयोजक सुरेन्द्र नेपालीले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ खोटाङका वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष महन्तकुमार राईलाई बेबी वार्मर हस्तान्तरण गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)