नेशनल लाईफले उत्कृष्ट अभिकर्तालाई दियो सम्पत्ति शुद्धीकरण, एआई र डिजिटल मार्केटिङ प्रशिक्षण
corporatenepal.com · Mon Sep 21 10:40:05 GMT 2026

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भव्य रूपमा सम्पन्न भएको छ ।
आ.व. २०८२/८३ का लागि निर्धारित लक्ष्य पुरा गरी चेयरपर्सन क्लब कार्यक्रममा छनौट भएका अभिकर्ताहरू एवं कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख मार्केटिङ कर्मचारीहरु सहित ५६५ जनाको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा, हालै भोटेकोशीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न प्राकृतिक विपद्का कारण घाईते तथा बिरामी सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाएका सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)