बाढी प्रभावित बालबालिकाका लागि चीनले दियो एक करोड १० लाख
annapurnapost.com · Mon Sep 21 10:37:55 GMT 2026

काठमाडौं : चीन सरकारले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकाको सहयोगार्थ नेपाललाई एक करोड १० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।
चेक हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलले विपत्तिको समयमा चीनले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि दुई देशबीच आवश्यक समन्वय र सहकार्य जारी रहने विश्वास व्यक्त गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)