सडकको कालो मुस्लो धुवाँले जनता निसास्सिए : सांसद तामाङ
barnanmedia.com · Mon Sep 21 10:40:23 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सडकमा गुड्ने पुराना तथा थोत्रा सवारी साधनले निम्त्याएको चरम वायु प्रदूषण र त्यसमाथि सरकारको चरम उदासीनताप्रति कडा आक्रोश व्यक्त गरेकी छन्। प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा बोल्दै उनले सवारी साधनको आयु नतोकिएको र प्रदूषण नियन्त्रणमा राज्यले कुनै चासो नदेखाएको बताएकी हुन्।
सडकमा सर्वसाधारणले भोग्नुपरेको सास्तीबारे चित्रण गर्दै सांसद तामाङले भनिन्, ‘माथि आकाशमा सेतो बादल दौडिरहँदा हामी जमिनमा भने गाडीको कालो मुस्लो धुवाँबाट निसास्सिएर कतिबेला छुटकारा पाउने भन्दै आफ्नो गाडी ओभरटेक गर्न बाध्य छौँ।’ सरकारले सवारी साधनको प्राविधिक अवस्थाबारे कहिल्यै गम्भीर लेखाजोखा नगरेको उनको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)