‘एल मेयो’लाई आजीवन कारावास
barnanmedia.com · Mon Jul 20 21:15:00 GMT 2026

मेक्सिकोको शक्तिशाली सिनालोआ लागुऔषध गिरोहका सह–संस्थापक इस्माइल ‘एल मेयो’ जाम्बडालाई अमेरिकी सङ्घीय अदालतले सोमबार आजीवन कारावासको सजाय सुनाएको छ । दशकौँसम्म अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सञ्जाल सञ्चालन गरेको अभियोगमा दोषी ठहर भएका जाम्बडाविरुद्धको यो फैसलालाई अमेरिकी सरकारले लामो समयदेखि चलाउँदै आएको कारबाहीको महत्त्वपूर्ण निष्कर्षका रूपमा हेरिएको छ ।
ब्रुकलिनस्थित सङ्घीय अदालतले गत वर्ष लागुऔषध तस्करी, निरन्तर आपराधिक उद्यम सञ्चालन, र्याकेटियरिङ षड्यन्त्र तथा ८५ वटा आधारभूत आपराधिक कसुरमा दोषी ठहर भएका ७६ वर्षीय जाम्बडालाई आजीवन कारावाससँगै १५ अर्ब अमेरिकी डलर आर्थिक जरिवानासमेत सुनाएको हो । अभियोजन पक्षका अनुसार उक्त रकम सिनालोआ गिरोहले अवैध कारोबारबाट आर्जन गरेको आयको प्रतिनिधित्व गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)