सालक संरक्षणमा रानी वनको सक्रियता
gorkhapatraonline.com · Mon Sep 21 10:47:53 GMT 2026

लोपोन्मुख सालक संरक्षणमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हेटौँडा–६ चौघडास्थित रानी सामुदायिक वन उपभोक्ता समूहले सम्मान गरेको छ ।
समूहको ३०औँ वार्षिक साधारणसभाका अवसरमा सालक संरक्षणमा सहयोग गर्ने डिभिजन वन कार्यालय मकवानपुर, सबडिभिजन वन कार्यालय हेटौँडा, प्रहरी चौकी चौघडा, इलाका प्रहरी कार्यालय मकवानपुरगढी तथा चार जना स्थानीयलाई कदरपत्रसहित सम्मान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)