सम्पर्कविहीन चार जनाको कुशको शव बनाएर दाहसंस्कार
nepalnews.com · Mon Sep 21 10:46:52 GMT 2026

पाल्पा। भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परेर बेपत्ता भएका पाल्पाका चार जनाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ। तीन सातासम्म उनीहरुको अवस्थाबारे केही जानकारी आउन नसकेपछि निराश भएका आफन्तले कुशको शव बनाएर परम्पराअनुसार दाहसंस्कार गरेका हुन्।
रिब्दीकोट गाउँपालिका–३ का विकास नेपाल, तिनाउ गाउँपालिका–२, झ्याङ्ला चिसापानीका ३४ वर्षीय रमेश थापा, तानसेन नगरपालिका–७, लामडाँडाकी ३५ वर्षीया निलम कार्की र तानसेन नगरपालिका–३ र वसन्तपुर (कालीगण्डकी गाउँपालिका–३, वइघा, स्याङ्जा) का तिलबहादुर रानाको परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)