सरकारले कृषि क्षेत्रको आपूर्ति सुधारसम्बन्धी अध्ययन गरिरहेको छ : मन्त्री चौधरी
khabarhub.com · Mon Sep 21 10:47:58 GMT 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधारसम्बन्धी अध्ययन गरिरहेको बताएकी छन् ।
राष्ट्रियसभाको आजको बैठकमा सदस्य रुक्मिणी कोइरालाले कृषकका उत्पादनले उचित मूल्य नपाएको, विचौलियाको अस्वभाविक हस्तक्षेपका कारण कृषक एवं उपभोक्ता दुवै मारमा परेका भनी राखेको प्रश्नको उत्तर दिने क्रममा मन्त्री चौधरीले कृषि उत्पादनको उचित मूल्य नपाउने र उपभोक्ताले महँगोमा किन्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले यस्तो अध्ययन गरिरहेको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)