‘आफ्नो पीडा सुनाउन नागरिक किन ज्यानै जोखिममा राख्न बाध्य छन् ?’ रविकिरण हमालको प्रश्न
kalakarmi.com · Mon Sep 21 10:46:27 GMT 2026

काठमाडौं- त्रिपुरेश्वरमा सार्वजनिक बसका २५ वर्षीय चालक दावा लामाले आफ्नै बसमा आगो लगाएर आत्मदाहको प्रयास गरेपछि जेन्जी अभियन्ता रविकिरण हमालले नागरिकको पीडा र राज्यको जवाफदेहितामाथि प्रश्न उठाएका छन् ।
हमालले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै त्रिपुरेश्वरमै केही समयअघि भएको गणेश नेपालीको घटनाको स्मरण गर्दै यस्ता चरम घटना दोहोरिनु राज्यका लागि गम्भीर चेतावनी भएको बताएका छन् । उनले नागरिकले आफ्नो पीडा सुनाउन ज्यानै जोखिममा राख्नुपर्ने अवस्था किन सिर्जना भइरहेको छ भन्ने प्रश्न उठाउँदै नागरिकका गुनासा र समस्यालाई समयमै सम्बोधन गर्न नसक्नुको जिम्मेवारी कसले लिने भनेर प्रश्न गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)