एट्लेटिकोसँग हारपछि रेफ्रीमाथि मोउरिन्होको आक्रोश–दुई खेलाडीलाई रातो कार्ड दिनुपर्थ्यो
nepalpress.com · Mon Sep 21 10:49:46 GMT 2026
काठमाडौं । मड्रिड डर्बीमा एट्लेटिको मड्रिडसँग २–१ ले पराजित भएपछि रियल मड्रिडका प्रशिक्षक जोसे मोउरिन्होले रेफ्रीको निर्णयप्रति कडा असन्तुष्टि जनाएका छन् ।
आइतबार भएको खेलपछि पत्रकार सम्मेलनमा मोउरिन्होले पहिलो हाफका दुई ट्याकलका तस्बिर देखाउँदै रेफ्रीले खेल नियन्त्रण गर्न नसकेको आरोप लगाए ।