विद्यालय भवन निर्माणमा घुस मागेको आरोपमा तीन जना पक्राउ
nepalpress.com · Mon Sep 21 10:36:10 GMT 2026

काठमाडौं । विद्यालय भवन निर्माणमा घुस माग गरेको आरोपमा सघन शहरी तथा भवन निर्माण योजना शाखाका तीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
भोजपुरस्थित एक विद्यालय भवन निर्माणपछि भुक्तानीका क्रममा घुस, रिसवत माग गर्ने सघन शहरी तथा भवन निर्माण योजना शाखा, धनकुटाका इञ्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब इञ्जिनियर रविन श्रेष्ठलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)