काठमाडौंमा यामाहा 'ब्लू फेस्ट' हुँदै, १० लाखसम्म क्यासब्याक
baahrakhari.com · Mon Sep 21 10:52:15 GMT 2026

काठमाडौं । काठमाडौंमा यामाहा ब्लू फेस्टको नयाँ संस्करण आयोजना हुने भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा ‘द बिगेस्ट एक्सचेन्ज मेला’का रूपमा ब्लू फेस्ट आयोजना गर्न लागेको हो ।
मेलामा ग्राहकले पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गरी नयाँ यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । ग्राहकको पुरानो सवारीसाधनको मूल्यांकनका लागि ५० भन्दा बढी तालिमप्राप्त मूल्यांकनकर्ता परिचालन गरिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, ग्राहकले एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक सुविधा पाउनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)