अमेरिकाले पुनः आक्रमण गरे नयाँ लक्ष्यहरूमा प्रहार गर्ने इरानको चेतावनी
khabarhub.com · Mon Sep 21 10:58:08 GMT 2026

तेहरान- इरानको रिभोलुसनरी गार्ड्सले यदि अमेरिकाले आफ्नो देशमाथि थप आक्रमण गरेमा उनीहरूले नयाँ लक्ष्यहरूमा प्रहार गर्ने तथा नयाँ हतियारहरू तैनाथ गर्ने चेतावनी सोमबार दिएको छ । युद्ध सुरु भएको झन्डै सात महिना बितिसक्दा पनि तेहरान र वासिङ्टनबीच गतिरोध कायमै छ, यद्यपि कुनै पनि पक्ष पूर्ण–स्तरको युद्धमा फर्कन भने इच्छुक देखिँदैनन् ।
इरानी सेनाको वैचारिक अङ्ग मानिने इस्लामिक रिभोलुसनरी गाड्र्स कोप्र्स का प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भने, “अमेरिकाबाट नयाँ आक्रमण भएमा हाम्रो प्रतिरक्षा र जवाफी कारबाहीमा पक्कै पनि महत्त्वपूर्ण परिवर्तनहरू हुनेछन् ।” हामी युद्धभूमिमा नयाँ क्षमता भएका थप हतियारहरू भित्राउनेछौँ र यसले विश्वलाई चकित पार्ने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)