राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित
baahrakhari.com · Mon Sep 21 10:57:10 GMT 2026

काठमाडौं । राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले प्रधानमन्त्रीका तर्फबाट विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राखेकी थिइन् ।
उक्त विधेयकमा युवा विद्यार्थीहरूलाई तालिम दिई स्वयंसेवामा खट्नका लागि योग्य बनाउने विषय उल्लेख छ । राष्ट्रिय सेवा दल विधेयक सर्वसम्मतले पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)