संकटमा भारत : अमेरिकी राष्ट्रपति र जापानका प्रधानमन्त्रीसँग मोदीको टेलिफोन वार्ता
ratopati.com
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् । प्रधानमन्त्री मोदीले सोमबार राष्ट्रपति बाइडेनसँग आफ्नो मुलुकमा गहिँरिदै गएको कोरोना संकट र त्यसको चूनौती सामना गर्ने विषयमा केन्द्रीत रहँदै टेलिफोन सम्वाद गरेका हुन् । टेलिफोन वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले कोरोना संकटमा फसेको भारतलाई सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।
बाइडेनसँगको टेलिफोन सम्वादलगत्तै मोदीले सामाजिक सञ्जालमार्फत अमेरिका भारतलाई सहयोग गर्न तयार रहेको बताएका छन् । मोदीले भनेका छन्- ‘हामीले कोरोना खोपको कच्चा माल र औपधिहरुको आपूर्ति श्रृंखलालाई कसरी सुव्यवस्थित गर्ने भन्ने बारेमा छलफल गर्यौं । भारत र संयुक्त राज्य अमेरिकाबीच स्वास्थ्य सेवा साझेदारीले कोभिड १९ द्वारा विश्वमा उत्पन्न चूनौतीहरुको सामना गर्न सक्छ । हामीले दुबै देशहरुमा महामारीले सिर्जना गरेको अवस्थाका बारेमा विस्तारपूर्वक कुरा गर्यौं ।’ यसअघि अमेरिकाले भारतलाई कोरोना खोपको कच्चा पदार्थ उपलव्ध गराउन रोकेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)