सेबोनले प्रस्तावित निर्देशिका निजी क्षेत्रले बिजुली बाल्न हुँदैन भन्ने खालको आयो — गणेश कार्की
arthasansar.com · Mon Sep 21 10:49:16 GMT 2026

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का निवर्तमान अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रले बिजुली बाल्नै हुँदैन भन्ने खालको तरिकाले धितोपत्र बोर्डले निर्देशिका ल्याएको बताएका छन् । नेटवर्थको कुरा र बिजुली बाले पछि आईपीओ ल्याउने कुराले यस्तै संकेत गरेको उनले बताएका हुन् ।
अहिले मस्यौदाका रुपमा मात्रै आएकाले यो पास भएमा जलविद्युत क्षेत्रका लागि ठूला असर गर्ने कार्कीको भनाइ छ । यो मस्यौदामा छलफल भएर फेरि आउँदा के आउँछ भन्ने कुरा पनि हेर्नु पर्ने उनको भनाइ छ । ‘अहिले यो मस्यौदा हो । मस्यौदा ल्याउन पाउँछ । त्यसमा छलफल भएर फाइनल आउला नि,’ उनले भने । अहिलेको मस्यौदाले सरकारको लक्ष्य र मस्यौदा बाजिएको उनको भनाइ छ । सरकारी निकायहरुसँग लक्ष्यका विषयमा एकमत हुनु पर्ने कार्कीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)