बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको थप राहत तथा सञ्चार सुविधा
baahrakhari.com · Mon Sep 21 11:05:45 GMT 2026

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका नागरिकका लागि विभिन्न राहत तथा सञ्चार सुविधा थप गरेको छ । गत भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिक तथा पृथ्वी राजमार्गअन्तर्गत गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक आसपासका बासिन्दालाई लक्षित गरी सुविधा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
बाढीका कारण क्षति भएका र पुनः प्रयोग गर्न नमिल्ने एनटी फाइबर केबल तथा राउटर निःशुल्क उपलब्ध गराई जडान गरिने कम्पनीले जनाएको छ । एनटी फाइबर प्रयोग गरिरहेका ग्राहकको सेवा अवधि सकिएमा तीन महिनाका लागि निःशुल्क समय थप गरिने टेलिकमले व्यवस्था गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)