बसमा आगो लगाउनुअघि दावाले गरेका थिए ट्राफिक प्रहरीसँग विवाद (भिडियोसहित)
ratopati.com · Mon Sep 21 11:06:53 GMT 2026

काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा सोमबार दिउँसो आफैँले चलाएको बसभित्र आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक २५ वर्षीय दावा लामाले ट्राफिक प्रहरीसँग विवाद गरेको तथ्य बाहिरिएको छ। सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले आफूमाथि बिनागल्ती दुर्व्यवहार गरेको र हातपात गरेको भन्दै आक्रोशित बनेका लामाले त्यसको केही समयपछि नै यात्रुविहीन बसभित्र आफैँलाई थुनेर आगो लगाएका हुन् ।
सामानिजक सञ्जालमा सार्वजनिक एक भिडियोमा चालक दावा लामा ट्राफिक प्रहरीमाथि निकै आक्रोशित मुद्रामा प्रस्तुत भएको देखिन्छ। भिडियोमा उनले आक्रोश पोख्दै भनेका छन्, ‘मलाई बिना गल्ती किन हान्नुपर्यो ? मेरो गल्ती बिना उहाँले किन यस्तो गर्नुभयो ? मैले यति धेरै सहयोग गर्दागर्दै मलाई चाबी झिकेर हान्नुभयो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)