नेशनल लाईफले दियो अभिकर्तालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम
aarthiknews.com

भैरहवा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना उत्कृष्ट अभिकर्ताहरूको सम्मान तथा चेयरपर्सन क्लब सदस्यता वितरण गर्ने उद्देश्यले आयोजना गरेको वार्षिक चेयरपर्सन क्लब कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
आ.व. २०८२/८३ का लागि निर्धारित लक्ष्य पुरा गरी चेयरपर्सन क्लब कार्यक्रममा छनौट भएका अभिकर्ताहरू एवं कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुख मार्केटिङ कर्मचारीहरु सहित ५६५ जनाको सहभागितामा भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा दुई रात तीन दिनसम्म सम्पन्न भएको हो । सो कार्यक्रममा, हालै भोटेकोशीमा आएको भीषण बाढी तथा त्यसबाट उत्पन्न प्राकृतिक विपद्का कारण घाईते तथा बिरामी सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै ज्यान गुमाउनुहुने सम्पुर्ण प्रति हार्दिक श्रद्धाञ्जली अर्पण सहित शोक सन्तप्त परिवार प्रति गहिरो समवेदना प्रकट गर्नका लागि १ मीनेट मौनधारण गरि कार्यक्रम शुरुवात गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)