मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अपरेसनमार्फत भ्रष्टाचारविरुद्ध कारबाही गर्न पाउने अधिकार प्राप्त

barnanmedia.com · Sun Mar 23 22:39:36 GMT 2025

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयपछि फेरि स्टिङ अपरेसनमार्फत भ्रष्टाचारविरुद्ध कारबाही गर्न पाउने अधिकार प्राप्त गरेको छ।

यसअघि सर्वोच्च अदालतले नियमावलीमा रहेको स्टिङ अपरेसनसम्बन्धी व्यवस्थालाई बदर गरेपछि अख्तियारले विगत चार वर्षदेखि आफ्नो पहलमा नगद रकम प्रयोग गरेर घुस लिने व्यक्तिलाई ‘रंगेहात’ समात्न सकिरहेको थिएन। सर्वोच्चको उक्त निर्णयले अख्तियारको भ्रष्टाचारविरुद्धको कारबाहीमा ठूलो असर परेको थियो। तर, अब संशोधित ऐनले अख्तियारलाई घुस मागिएको विश्वसनीय सूचना प्राप्त भएमा आफ्ना कर्मचारी वा अन्य व्यक्तिलाई रकम उपलब्ध गराई ‘रंगेहात’ पक्राउ गर्ने कानुनी बाटो खुला गरेको छ। यो अधिकारले भ्रष्टाचार नियन्त्रणमा थप प्रभावकारिता ल्याउने अपेक्षा गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)