एसियाड बक्सिङ : दानबहादुर पहिलो चरणमै पराजित
ratopati.com · Mon Sep 21 11:17:47 GMT 2026
काठमाडौँ । जापानको आइची–नायोगामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङमा नेपालका दानबहादुर दर्लामी पहिलो चरणबाटै बाहिरिएका छन् । निशियो जिम्न्यासियममा सोमबार भएको पुरुष ७० केजी तौल समूहको अन्तिम ३२ को प्रतिस्पर्धामा दानबहादुर इराकका अली कासिम हमदान अल–सारेसँग ५–० अंकले पराजित भएका हुन् ।
इराकी खेलाडीले तीनै राउन्डमा प्रभाव जमाउँदै दानबहादुरमाथि स्पष्ट जित निकालेका थिए । दानबहादुरको हारसँगै एसियाडको बक्सिङमा नेपालको सुरुवात पराजयबाट भएको छ । ७० केजी पुरुषतर्फको प्रतिस्पर्धासँगै सोमबारबाटै एसियाडको बक्सिङ सुरु भएको हो ।