राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित
khabarhub.com · Mon Sep 21 11:20:53 GMT 2026

काठमाडौं – राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
यसअघि आजै उक्त विधेयक सभामा छलफलका लागि पेस गरिएको थियो । विधेयक छलफलका लागि पेस भई स्वीकृत गरेर पारित गरिएको हो । प्रस्ताव पेस गर्दै मन्त्री चौधरीले रोगको वर्तमान अवस्था, सङ्क्रामक रोग नियन्त्रणका लागि हालको कानुनी व्यवस्था पर्याप्त नभएको, विधेयकको उद्देश्य तथा विधेयकमा समावेश भएका मुख्यमुख्य विषयका सम्बन्धमा जानकारी गराएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)