एनभीएल च्याम्पियन अन्नपूर्ण स्पाइकर किङ्सको ‘एक्स्ट्रिम गौरवको यात्रा’ एबीसी पुगेर सम्पन्न
nepalpress.com · Mon Sep 21 11:16:57 GMT 2026
काठमाडौं । नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको उपाधि विजेता अन्नपूर्ण स्पाइकर किङ्सले आफ्नो ऐतिहासिक सफलताको उत्सव मनाउँदै आयोजना गरेको ‘एक्स्ट्रिम गौरवको यात्रा’ (ट्रफी टुर) सम्पन्न गरेको छ। एक्स्ट्रिम इनर्जी ड्रिंकसँगको सहकार्यमा आयोजित उक्त ट्रफी टुर गण्डकी प्रदेशका विभिन्न प्रमुख स्थान हुँदै अन्नपूर्ण आधार शिविर (एबीसी) पुगेर सम्पन्न भएको हो।
नेपाली भलिबलको ऐतिहासिक उपलब्धिलाई समर्थक तथा खेलप्रेमीमाझ पुर्याउने र खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले यो यात्रा आयोजना गरिएको एक्स्ट्रिमले जनाएको छ । यात्राका क्रममा च्याम्पियन ट्रफीलाई खेलाडी, समर्थक तथा स्थानीय समुदायसँग प्रत्यक्ष जोड्न गण्डकी प्रदेशका विभिन्न प्रमुख सहरमा विशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरू आयोजना गरिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)