विद्यार्थीलाई तालिम दिएर स्वयंसेवा खटाउने विधेयक संसद्बाट पारित
sutranews.com · Mon Sep 21 11:05:46 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक पारित गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले राखेको राष्ट्रिय सेवा दल विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको हो । प्रतिनिधिसभाले पारित गरेको सो विधेयकमा युवा विद्यार्थीहरूलाई तालिम दिई स्वयंसेवामा खटाउने विषय समेटिएको छ । प्रतिनिधिसभाबाट पारित भएसँगै अब उक्त विधेयक सन्देशसहित राष्ट्रियसभामा पठाइनेछ ।