सीजीलाई मोबाइलको लाइसेन्स दिने बाटो खोल्दा प्राधिकरणलाई अख्तियारको डर
onlinekhabar.com · Thu Feb 24 17:12:10 GMT 2022
१२ फागुन, काठमाडौं । बिहीबार नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समिति (बोर्ड) बैठकको मूल एजेन्डा थियो, १५ जेठ, २०७४ को मन्त्रिपरिषदको निर्णयअनुसार सीजी टेलिकमलाई आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (मोबाइल सर्भिस लाइसेन्स) दिनेबारेमा रापजपत्रको ब्यहोराबारे सिफारिस गर्ने । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मागेको उक्त सिफारिसमा उल्लेख गर्ने विषयबारे बोर्ड निष्कर्षमा भने पुग्न सकेन ।
बोर्ड स्रोतका अनुसार यसबारे प्राधिकरण बहुपक्षीय दबावमा छ, सरकारले चाहेअनुसार सिफारिस गरेपनि वा नगरेपनि समस्या हुने देखिएपछि निष्कर्षमा पुग्न समस्या भएको हो । सोमबार फेरि बस्ने गरी बोर्ड बैठक टुगिंएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)