मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट

ajakoartha.com · Mon Sep 21 11:28:00 GMT 2026

काठमाडौं- यामाहाको “ब्लू फेस्ट”, द बिगेस्ट एक्सचेन्ज मेला, काठमाडौंको भृकुटीमण्डपमा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। असोज १० गतेसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटनसँगै एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र लाइभ इन्टरटेनमेन्टका कार्यक्रमहरू सुरु भएका छन्। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा भइरहेको मेला ६ दिनसम्म चल्नेछ।

उद्घाटन कार्यक्रममा डिलर प्रतिनिधि, कम्पनीका अधिकारी तथा यामाहाप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। उद्घाटनपछि आगन्तुकहरूले मेलास्थलमा प्रदर्शनीमा राखिएका यामाहाका अत्याधुनिक प्रविधियुक्त स्कुटर तथा मोटरसाइकलहरूको विस्तृत रेन्ज अवलोकन गर्न सक्नेछन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)