बैंकको पैसाले मात्रै जलविद्युत आयोजना निर्माण गर्न सकिदैन - उपाध्यक्ष श्रेष्ठ
arthasansar.com · Mon Sep 21 11:01:31 GMT 2026

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिका पास भएमा निजी क्षेत्रका व्यवसायीलाई समस्या हुने बताएका छन् । नेपाल धितोपत्र बोर्डले ल्याएको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिकामा गरिएका व्यवस्थाहरु पास भएमा आयोजना निर्माणमा समस्या हुने उनको भनाइ छ ।
अहिलेको ९० प्रतिशत नेटवर्थमा नै व्यवसायीहरुलाई गारो भइरहेको बेला १०० बनाउँदा थप समस्या हुने उनको भनाइ छ । उद्योग वाणिज्य महासंघले पनि यसको विरोध गरेको उनले जानकारी दिए । बैंकको पैसाले मात्रै आयोजना निर्माण गर्न नसकिने उनको भनाइ छ । ‘अहिले कायम ९० प्रतिशत नेटवर्थमा नै समस्या भइरहेको छ । १०० प्रतिशत बनाउँदा थप समस्या हुन्छ । बैंकको पैसाले मात्रै आयोजना निर्माण गर्न सकिदैन,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)