एन्फा निलम्बनको अवधि तोकिएको छैन, फुकुवा गर्न उच्चस्तरीय पहल भइरहेको छ : मन्त्री पोखरेल
ratopati.com · Mon Sep 21 11:37:38 GMT 2026
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) माथि विश्व फुटबल महासङ्घ (फिफा) ले लगाएको निलम्बन फुकुवा गर्न सरकारले उच्चस्तरीय पहल गरिरहेको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले निलम्बनको अवधि तोकिएको नरहेको र सरकारको पहलपछि चाँडै फुकुवा हुनसक्ने बताए ।
उनका अनुसार राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्यवस्थाअनुसार एन्फालाई विधान संशोधन गरी तहगत निर्वाचन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्देशन दिएको थियो । तर, परिषद्को निर्देशन पालना नगरी एन्फाले साधारणसभा तथा निर्वाचन प्रक्रिया अघि बढाएपछि पटक–पटक सचेत गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)