चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो
khabarhub.com · Mon Sep 21 11:41:05 GMT 2026

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि राहदानी वितरण कार्य रोकिएको छ । त्रिपुरेश्वरस्थित राहदानी विभाग परिसर अगाडिको सडकमा भएको बस आगलागीका कारण विभागको राहदानी छपाई तथा वितरण कार्य प्रभावित भएको हो ।
आगलागीका कारण विभागमा प्रवाह हुने विद्युत र इन्टरनेट सेवामा अवरोध सिर्जना भएपछि राहदानी छपाई र वितरणमा कठिनाई उत्पन्न भएको विभागले जनाएको छ । परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले जरुरी सूचना जारी गर्दै आवेदन दिइसकेका सेवाग्राहीहरूलाई धैर्यधारण गरी सहयोग गरिदिन आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)