भोटेकोशी-त्रिशूली विपद्को छानबिनदेखि पुनर्निर्माणसम्म, संसद्ले गठन गर्यो विशेष समिति
kalakarmi.com · Mon Sep 21 11:41:44 GMT 2026

काठमाडौं- भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति गठन गरिएको छ । सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली २०८३ को नियम १८० बमोजिम हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद् सम्बन्धी १५ सदस्यीय संसदीय विशेष समिति गठनको प्रस्ताव गरे ।
बैठकले उक्त प्रस्तावलाई सहमति जनाएको छ । समितिको सदस्यमा सांसदहरु अच्युतम लामिछाने, अनुस्का श्रेष्ठ, गङ्गादेवी श्रेष्ठ, गणेश पराजुली, धनञ्जय रेग्मी, ध्रुवराज राई, निशा डाँगी, पुष्पराज कँडेल, मोहन आचार्य, मिङ्मा ग्याबु शेर्पा, रमेश कुमार मल्ल, रवीन्द्र पटेल, सरस्वती लामा, सुजाता तामाङ, र सीता थपलिया छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)