मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

वित्तिय शिक्षा सिकाउदै गरिमा बैंक

rajdhanidaily.com · Sun Mar 23 23:26:55 GMT 2025

स्याङ्जा । स्याङ्जाका शैक्षिक संस्थाहरुमा गरिमा विकास बैंकले विद्यार्थीहरुलाई वित्तिय शिक्षा प्रदान गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व बहन गर्ने उदेश्यले जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुका विद्यार्थीहरुलाई वित्तिय साक्षरता प्रदान गरेको हो । जिल्लाका ९ ओटा शाखाले पायक पर्ने शैक्षिक संस्थाहरुमा बैंकले ग्लोबल मनि विईकको अवसर पारेर बैकिङ् शिक्षा प्रदान गरेको बैंकले जनाएको छ । कक्षा ८ देखी कक्षा १२ सम्मका विद्यार्थीहरुलाई बैकिङ् बिषयका ’boutमा जानकारी दिने उदेश्यले यो अभियान चलाउदै आएको गरिमा विकास बैंक क्षेत्रिय कार्यालय वालिङका प्रमुख लेखनाथ भट्टराईले बताए ।

पछिल्लो समय प्रविधि मार्फत बैकिङ् कारोवार गर्ने बढ्न थालेका छन् भट्टराईले भने,‘डिजिटल प्रविधिबाट ठगिनेक्रम पनि बढ्न थालेपछि वित्तिय साक्षरताले घटाउने छ ।’ वित्तिय साक्षरताले डिजिटल प्रविधिका फाइदा र बेफाइदाका बिषयमा विद्यार्थीलाई सिकाउने गछौं उनले भने । विद्यार्थीहरुलाई आर्थिक अनुसाशन, शेयर मार्केट, डिमेट खाताका ’boutमा समेत जानकारी दिइने गरेको प्रमुख भट्टराईले बताए । स्याङ्जा जिल्लाबाट स्थापना भएर राष्ट्रिय स्तरको विकास बैंक हुन पुगेको गरिमाले वित्तिय साक्षरता सगै अन्य सामाजिक उत्तरदायित्वमा समेत महत्वपुर्ण भुमिका खेल्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)