मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अमुवा बजारमा ज्योति विकास बैंकको क्यूआर कोड भुक्तानी

abhiyandaily.com

काठमाडौं (अस) । ज्योति विकास बैंकले रूपन्देहीको अमुवा बजार तथा बजार वरपरका क्षेत्रमा क्यूआर कोडबाट भुक्तानी सेवा सुरु गरेको छ । अमुवा बजारलाई स्मार्ट बनाउन र नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकले अमुवा बजारमा ५० वटाभन्दा बढी क्यूआर कोड वितरण रेको हो ।

क्यूआर भुक्तानी प्रवद्र्धन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द भट्ट, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश क्षेत्रका प्रमुख कपिल न्यौपाने र डिजिटल बैंकिङ प्रमुख सुदीप ढकालले अमुवा बजार तथा वरपर क्षेत्रमा रहेका पसल व्यवसायीलाई कोड हस्तान्तरण गरेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)