'राष्ट्रिय सेवा दल विधेयक, २०८३' प्रतिनिधिसभाबाट पारित
nepalsamaya.com · Mon Sep 21 11:58:12 GMT 2026

काठमाडौं । 'राष्ट्रिय सेवा दल विधेयक, २०८३' प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रस्तुत गरेको ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।
यसअघि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित विधेयकमाथि सदनमा बृहत् छलफल भएको थियो। छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले विधेयकले बालबालिकाको अधिकार, मानसिक तथा शारीरिक अवस्था र हितलाई सर्वोपरि ध्यानमा राखेको स्पष्ट पारिन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)