स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते
khabarhub.com · Mon Sep 21 12:00:50 GMT 2026

सर्लाही – सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका घटना बढेको पाइएको छ । नजिकैको जङ्गलबाट आएका स्यालका हूलले मानिस र पशु चौपायालाई आक्रमण गरी घाइते तुल्याउने क्रम बढेको छ ।