राहदानी विभागअगाडि बसमा आगलागी घटनाको छानबिन गर्न समिति गठन
canadanepal.com · Mon Sep 21 12:06:00 GMT 2026

काठमाडौं– राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागी घटनाबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ। घटनामा ट्राफिक प्रहरीको संलग्नताबारे अनुसन्धान गर्न उपत्यका प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको हो।
एसएसपी रमेश बस्नेतको संयोजकत्वमा गठित समितिलाई घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन पाँच दिनको समय दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)