मन्त्री र सचिव जोडिएको घुस प्रकरण’bout छानबिन गर्न ३ सदस्यीय समिति गठन
rajdhanidaily.com · Mon Sep 21 12:14:02 GMT 2026

पोखरा । गण्डकी प्रदेश सरकारका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे, स्वकीय सचिव यादव पौडेल र स्वास्थ्य मन्त्रालयका सचिव डा युवानिधि बसौलामाथि पोखराको पद्य नर्सिङ होम स्तरवृद्धिको अनुमति दिने विषयमा घूस लेनदेनको आरोप लागेपछि प्रदेश सरकारले छानबिन सुरु गरेको छ ।
घूस लेनदेनको विषय सञ्चारमाध्यममार्फत बाहिरिएपछि आइतबारको प्रदेश सरकार मन्त्रिपरिषद्ले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिलामन्त्री जितबहादुर शेरचनले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)