हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि उच्च मूल्य चुकाइरहेका छौँ : साह
ratopati.com · Mon Sep 21 12:29:17 GMT 2026

काठमाडौँ । राष्ट्रियसभा सदस्य एवं नेपाली कम्युनिस्ट पार्टीकी नेतृ मदनकुमारी साहले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणका क्रममा जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको अपूरणीय क्षति र रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीको मुद्दालाई विश्व मञ्चमा सशक्त रूपमा उठाउन सरकारसँग माग गरेकी छन् ।
सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै उनले जलवायु न्याय, हानि–नोक्सानीको क्षतिपूर्ति र हिमाली क्षेत्रको सुरक्षालाई कूटनीतिक एजेन्डाको प्राथमिकतामा राख्न आग्रह गरेकी हुन्। भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र नहेरी जलवायु सङ्कटको परिणामका रूपमा व्याख्या गर्नुपर्नेमा उनले जोड दिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)